१२ बैशाख २०८२, देवघाट तनहुँ ।
प्रसिद्ध कालीगण्डकी नदीको धार परिवर्तन गरेर अन्यत्र लैजाने तयारी बढेपछि यसको धार्मिक तथा ऎतिहासिक महत्व र अस्तित्व जोगाउन देवघाटदेखी कालीगण्डकी नदीको शिर दामोदरकुण्ड सम्म कालीगण्डकी पदयात्राको आयोजना हुने भएको छ ।

‘प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य संकल्प र आदर्शका साथ सञ्चालन हुने यो पदयात्रा आगामी जेठ २२ गते देवघाटबाट आरम्भ हुने भएको हो ।
देवघाट देखि चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर यो पदयात्रा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन । यो पदयात्राले कालीगण्डकीको महत्व लाई थप उजागर गर्ने, देश बिदेशमा प्रचारप्रसार हुँदै यसको संरक्षणमा सहयोग पुग्ने आयोजकले बिश्वास लिएको जनाएको छ ।












