११ वैशाख २०८२, काठमाडौ।

भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ। जम्मू-कश्मिरको पहलगाममा मंगलबार २६ जनाको ज्यान लिनेगरी भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न भनेको हो।

४८ घन्टाको समयसिमामा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ। भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ। बैठकपछि निर्णय सुनाउँदै भारतीय विदेश सचिव अजय मिस्रीले अब त्यस्ता भिसाबाट पाकिस्तानीहरूले भारत यात्रा गर्न नसक्ने व्यवस्था गरिएको बताएका छन्। र त्यस्ता भिसा प्राप्त पाकिस्तानीहरूलाई ४८ घन्टाभित्र भारत छाड्न भनिएको उनले बताएका छन्। अन्य पाकिस्तानीहरूलाई मे १ अगाडि भारत छाड्न भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय