१० वैशाख काठमाडौं, २०८२ ।

संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेतृत्वको टोली नेपालको दुईदिने औपचारिक भ्रमणका लागी मंगलबार काठमाडौंमा आइपुगेको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे।

परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको   प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय