१ वैशाख २०८२, काठमाडौ।
नेपाल वायुसेवा निगमले चैत्र मसान्तसम्ममा ७ अर्ब ३९ करोड भन्दा बढी सावाँ तथा किस्ता रकम चुक्ता गरेको छ । निगमका प्रवक्ता सुबास डाँगीले जारी गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ । निगमले कोरोनाकालको सावाँ,व्याज र हर्जना सम्बन्धमा पुर्नविचार गर्न पनि नागरिक लगानी कोष लगायत संग अनुरोध गरेको छ ।


तालुक निकाय पर्यटन मन्त्रालय, नागरिक उडययन प्राधिकरणको सहयोग र आवश्यक समन्वय बिना निगम व्यवस्थापनको निरन्तरको प्रयासले दायित्व घटाउन निगम सफल देखिएको हो । बाह्य र आन्तरिक उडान गर्न पर्याप्त जहाज नहुँदा निगममा समस्या हुने गरेको भएपनि यसको दीर्घकलीन समाधानको लागि निगमले अघि सारेको प्रस्ताव अलपत्र अवस्थामा मन्त्रालयमा थन्किएको छ ।

पर्याप्त मात्रामा सहकार्य र आपसी विश्वास हुने हो भनी निगम समस्याको दलदल बाट बाहिर आई निगमको सेवालाई प्रभावकारी बनाउन कुनै समस्या नरहेको कार्यकारी अध्यक्ष युवराज अधिकारी बताउँछन्। राजनीतिको दलदलमा निगम लाई राख्न नहुने कुरामा उनले जोड दिँदै आएका छन् ।

निगमको सेवालाई चुस्त राख्न आफूले प्रयास गरिरहेको र माथिल्लो निकायहरु सँग पनि आवश्यक सहकार्य गरिने अधिकारीले जानकारी दिए। सेवाग्राही लाई विश्वास र भरोसा दिलाउन भने निगम लाई सधैं दबाब रहेको छ ।











