१८ चैत्र २०८१, काठमाडौ। 

गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता विरोधी ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गराउन पत्र काट्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । 

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले सोमबार जारी गरेको विज्ञप्तिमा तीनकुनेको प्रदर्शनमा फोहोर गरेको लगायतका विषयमा पूर्वराजालाई जरिवाना गर्न नमिल्ने जिकिर गरे । उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्था स्वयमले लिने हो । सो निर्णय काठमाडौँ महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सो विरुद्ध कानुनी र अन्य मार्ग प्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा उनले भनेका छन ।

चैत्र १५ गते तीनकुनेमा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र , राष्ट्रियता र नागरिक बचाउ महाअभियानले कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौसंग स्वीकृति लिएको भएपनि महानगरपालिकाले शनिबार पूर्वराजालाई ७ लाख ९३ हजार नगद जरिवाना हुने भन्दै ८ वटा पत्र काटेको थियो । सो पत्र बुझाउन गएका महानगरका कर्मचारी लाई निर्मल निवासले पत्र नबुझी फर्काएको थियो । त्यसपछि हुलाक मार्फत पत्र पठाएको महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय