१७ चैत्र २०८१, काठमाडौ।
संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै स्वतन्त्र निजामती कर्मचारी अभियानले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएको छ । सो अभियानका संयोजक पशुपति पोखरेलले आज संघीय निजामती सेवा ऐन जारी नहुँदा सम्म मन्त्रालयमा धर्ना बस्ने बताए । उनले आफूहरुले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको गुनासो गरे ।


आफूहरुले दलिय ट्रेड युनियनहरु खारेज हुनुपर्ने, पहुँच नभएकाहरु लाई पनि सरुवाबढुवामा समान व्यवहार गर्नुपर्ने बिचौलिया तन्त्र हटाउनु पर्ने, उच्चपदस्थ कर्मचारी र नेताहरुको घरमा कर्मचारी सरुवाको लागि जाने वातावरणको अन्त्य गर्नुपर्ने लगायतका माग राख्दै आएको पोखरेलले जानकारी दिए ।

संयोजक पोखरेलले गणतन्त्रमा समानता पाइएला समान व्यवहार होला भनेर हिजोको व्यवस्थाको विरोध गरेको स्मरण गर्दै आजको गणतन्त्रमा यति ठूलो अराजकता छ कि सोच्न सम्म नसकेको स्पष्ट पारे। उनले सामान्य कार्यालय सहयोगि,करार,खरिदार सुब्बा देखि सचिव सम्म र कार्यकारी प्रमुख माथि मन्त्रीहरुले लात मारेको मारै गरेको आरोप लगाए । उनीहरूको रबैया यस्तो छ कि यहाँ कुनै कानूननै छैन । यो मनलाग्दि तन्त्र हो भन्दै उनले गम्भीर बहसको तिर छेडेका छन् । लामो समय देखि रोकिएको निजामती कर्मचारी ऐन किन जारी हुन नसकेको हो यसतर्फ सबै राजनीतिक दलको ध्यानाकर्षण हुन जरुरी देखिन्छ।













