१७ चैत्र २०८१, काठमाडौ 
चैत्र १५ गते शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेकामाथि प्रहरीले मुद्धा चलाइने भएको छ । शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र , महामन्त्रीडा.धवल शम्शेर राणा अधिवक्ता स्वागत नेपाल लगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो ।

राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले केहीबेरमा म्याद थपका लागि जिल्ला अदालत काठमाडौ लगिने प्रहरी स्रोतले जानकारी दिएको छ।

राप्रपाले कार्यसम्पादन समितिको बैठक राख्दै २४ घण्टा भित्र आफ्ना नेताहरु छाडन दिएको समयसीमा आज साँझ सकिँदै छ । तर प्रहरीले उनीहरुलाई छोड्नुको सट्टा म्याद थप गरेर मुद्दा चलाउने तयारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय