१५ चैत्र २०८१, काठमाडौ ।

कुल बहादुर बस्नेत ,

संघीय राजधानी काठमाडौँमा शुक्रबार गणतन्त्रवादी र राजावादीले  छुट्टाछुट्टै जनप्रदर्शन गर्ने भएका छन । चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ। मोर्चाले काठमाडौँको रिङरोड भित्रका विभिन्न सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ। मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्ने बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ।  त्यस्तै विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ।

यसैगरी हिन्दुराज्य र राजसंस्थाको पक्षमा राजावादी दलहरु सहितको अभियानले काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने भएको छ। राजतन्त्रको पक्षमा अभियान चलाएका दुर्गा प्रसाईले घोषणा गरेको आन्दोलन लाई नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अपनत्व लिदै सहभागी हुन सबै राजाबादी लाई आव्हान गरेको छ। सुवेदी नेतृत्वको समितिले राजतन्त्र फर्काउने आन्दोलनको जनकमाण्डर दुर्गा प्रसाईलाई बनाएको छ। आजको प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल जस्ता राजावादी दलहरुले पनि सक्रिय सहभागिता जनाउने बताएका छन्।

प्रशासनले राजावादी र गणतन्त्रवादी दुवैको प्रदर्शन हुने भएपछि सम्भावित झडपलाई ध्यानमा राख्दै राजवादीहरुलाई रिङरोडमा प्रदर्शन गर्दै तिनकुनेमा सभा गर्न अनुमति दिएको छ।दुवै पक्षको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको बताएको छ भनी ५ हजारको संख्यामा प्रहरी परिचालन गरिएको छ ।  आजको प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरीहरु लाई जुनसुकै बेला परिचालन गर्न सकिने गरि तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय