११ चैत्र २०८१, काठमाडौ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साझ बसेको मन्त्रीपरिषद बैठकले उनलाई हटाएको हो । दिउँसो माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्प कमल दाहाल (प्रचण्ड), देउवा र ओलि बीच बैठक बसेपछि बसेको मन्त्रीपरिषद बैठकले उनलाई हटाउने निर्णय गरेको हो । उर्जामन्त्री सगको निरन्तरको टसलका बीच उनले प्राधिकरण बाट हात धुनु परेको छ । कुलमान लाई हटाएको थाहा पाएपछि अहिले सरकारको चौतर्फी बिरोध सुरु भएको छ।












