११ चैत्र २०८१, तनहुँ
अन्जनराज न्यौपाने ,

तनहुँको ब्यास नगरपालिका वडा नं. २ अमरापुरी स्थित श्री जनसेवा प्राविमा ब्यास नगरपालिकाको मातहतमा रहेका अपाङ्गता स्रोत कक्षा संचालित बिधालयहरुको घुम्ती बैठक ब्यास नगर शिक्षा प्रमुख केदार राज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। घुम्ती बैठकमा अपाङ्गता स्रोत कक्षा संचालित सहभागी बिधालयहरु देहाय बमोजिम रहेका थिए।

१.श्री महेन्द्रज्योती मा. बि. ब्यास ६ सिसाघाट( बौद्धिक अपाङ्गता स्रोत कक्षा)
२.श्री जनसेवा प्राथमिक बिधालय ब्यास २ अमरापुरी ( बौद्धिक अपाङ्गता दिवा सेवा)
३.श्री बुद्ध दाहाल बहिरा आधारभूत बिधालय ब्यास १ कुन्छालीटाेल ( बहिरा स्रोत कक्षा)
४. चण्डिदेवी रास्ट्रीय माबी ब्यास १० दृस्टीबिहिन स्रोत कक्षा
५.सिद्धबेनि मा बि ब्यास १२ बेलवास ( बौद्धिक अपाङ्गता स्रोत कक्षा)
६.सिन्धु आधारभूत बिधालय ब्यास ५ सागे ( बौद्धिक अपाङ्गता स्रोत कक्षा )
ब्यास नगर शिक्षा प्रमुख केदार राज आचार्यले बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाइ अन्य सामान्य स्कुलमा जस्तो पठनपाठन हुन नसक्ने हुदा बिधार्थिहरुलाइ जीवन उपयोगी सीप, अक्षर लेख्न, बोल्न शौचालय जान, सरसफाइ गर्न, परिकार पकाउन बीउ उमार्न जस्ता ज्ञान सीप प्रवृत्तिमा बिशेष जोड दिनुपर्ने बताए ।
बहिरा बिधार्थिकोहरुको सन्दर्भमा देख्न सक्छन थाहा पाउन संकेत बुझ्न लाई पठनपाठन आवस्यक पर्छ। यो कार्य बुद्ध दाहाल बहिरा बिधालयमा भएको छ तर शिक्षण सिकाइ जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। बिगत भन्दा बर्तमानमा सुधारिएको पक्ष खुलेर प्रशंसा गर्न लाएक छन बिधालयमा नया प्र. अ कमला पौडेलले बिधालयमा गर्नुभएको कार्य सराहनीय रहेको पनि उनले बताए । दृस्टी बिहिन बिद्यार्थीका सन्दर्भमा चन्दिदेवी राष्ट्रिय माबिमा एक जना शिक्षिकाले ४ जना दृष्टिबिहिन बिद्यार्थीहरुलाइ बेललिपि मार्फत शिक्षण सिकाइ गरेकि छन । कक्षामा बसेर सुनेपछि स्मरण शक्तिले अन्य काम गर्न सक्छन। स्रोत कक्षाको आवासमा खानपान, सरसफाइमा ध्यान दिनुपर्ने आचार्यले बताए।

शिक्षक माहासंघका निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल बिस्वब्यापी बसाइ सराइको कारणले गाउँ बस्ती शहर रितिदै छन।बिधालयमा बिद्यार्थी संख्या घटदो छ बढाउनुपर्ने दवाब नबुझेका मान्छेबाट आएकोछ। दैनिक एअरपोर्टको हजारौ भिडले पारेको शिक्षा क्षेत्रको प्रभाव ब्यवहारि ज्ञान, आदर सत्कार बिद्यार्थीमा देखिदैन बिद्यार्थीले ल्याएको नम्बर अंक गणितमा सिमित रहेको बताए। सामुदायिक बिधालय ब्यवस्थापन समितिका माहासंघका बिष्णु भक्त न्यौपानेले १० हजार बिद्यार्थी र कर्मचारीहरुलाइ लाभ पुग्ने गरि माहसंघको पहलमा करिव २० लाखको लागतमा आदिकवी भानुभक्त क्याम्पस, निर्मल, जलदेवी, सत्यवती, सर्वज्योती,शिव पन्चायन लगायतका शैक्षिक संस्थाहरुमा स्माट पानी संचालन ल्याउन लागेको यसको कार्य अगाडि बढिसकेको जानकारी दिए ।दमौली खानेपानीका अध्यक्ष बुद्धि कुमार श्रेष्ठले स्माट खानेपानीको योजना ब्यास नगरपालिकाका लगत्तै १० वटा पालिकामा पनि बिस्तार गर्ने योजना रहेको स्पष्ट पारे ।

जनसेवा प्राथमिक बिधालयकी प्र. अ. शारदा अधिकारीले बासको झुप्रो बाट सुरु भएको स्कुल संस्थापक अध्यक्ष पुर्व मन्त्री दोबाटे बि. क. अभिभावककत्वमा हाल बिधालयको स्तरउन्नति गर्न विभिन्न निकायको सहयोग प्राप्त भएको छ। बजारको माझ मुटुमा रहेको यस बिधालय ७ रोपनी क्षेत्रफलमा फैलिएको प्रयाप्त मात्रामा भौतिक संरचना, सौचालय, खानेपानी, खेल मैदान रहेको महिला शिक्षकले मात्र नेतृत्व लिएको बिधालय दिवा सेवाको रुपमा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाइ धैरै बर्ष देखि प्र. अ को भुमिकामा रहेर जनसमुदाय लाई खुसी पार्न सकेको अधिकारिले बताउनुभयो। ब्यास २ कि जनप्रतिनिधि सबिता रसाइलीले जनसेवा बिधालय लाई माया गर्दै आ-आफ्ना क्षेत्रका अनुभवले उर्जा मिलेको धारणा राखिन । बैठकमा अपाङ्गता क्षेत्रका कृयाशिल संघ संस्थाका प्रतिनिधि सहृदयी मंच नेपालकी अध्यक्ष साबित्री सुवेदी, रिसेडका माहासचिव किशोर न्यौपाने, अपाङ्गता अधिकारकर्मी मदन पौडेल लगायतको उपस्थिति रहेको थियो।घुम्ती बैठक ३/३ महिनामा बस्ने लेखा संयोजक ईश्वर बास्तोलाले बताए आगामी घुम्ती बैंठक २०८१ असार ८ गते बुद्ध दाहाल बहिरा बिधालय ब्यास १ चारकुनेमा बस्ने निर्णय गरिएको छ।











