११ चैत्र २०८१, तनहुँ ।

अन्जनराज न्यौपाने , 

विश्व क्षयरोग दिवस विविध कार्यक्रमका साथ तनहुँमा पनि मनाईएको छ। श्वासप्रश्वास बाट खोक्दा हाछ्यु गर्दा थुक्दा क्षयरोग संक्रमण हुने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। क्षयरोग फोक्सो र फोक्सो बाहेकका शरिरका अन्य भागहरुमा पनि लाग्न सक्छ। एचआईभी लागेका ब्यक्तिहरुमा सामान्य व्यक्तिमा भन्दा क्षयरोग संक्रमण ३० गुणाले बढ्ने संभावना हुन्छ ।

स्वास्थ्य कर्मीको सल्लाह अनुसार नियमित औंषधी सेवन गरे क्षयरोग निको हुन्छ । विश्वभरि क्षयरोगका विरामी ४ लाख५० हजार रहेका छन भने ३५ हजार विरामी नेपालमा छन।नेपालमा ०८०/८१ मा ४० प्रतिशत विरामीहरु दर्ता भएका छन। पुरुषमा ६८ र महिलामा ३८ प्रतिशतमा क्षयरोगी देखिएका छन ।

यो रोगले गण्डकी प्रदेशमा १०९ जनाको मृत्यु भैसकेको छ। ०८०/८१ मा २ सय ८८ जना मध्ये १४ जनाको मृत्यु भैसकेको कार्यालयको तथ्यांकले देखाएको छ। हाल सम्म १ सय ७९ जना विरामी छन भने ६ जना बालबालिका रहेका छन। ऐक्सरे ,खकार परीक्षण र रगत परीक्षणबाट रोग पत्ता लगाउने गरिएको जन स्वास्थ्य कार्यालयले जनाएको छ। यस आर्थिक बर्षमा १५ जनाको मृत्यु भएको बरिस्ठ ल्याव टेक्निसियन दिपक श्रेष्ठले सहजीकरण गरेका थिए।

बरिस्ठ ल्याव टेक्निसियन दिपकका अनुसार क्षयरोग संक्रमितहरुमा व्यास नगरपालिकामा ५३, शुक्लागण्डकी नगरपालिकामा २३,भानु नगरपालिकामा ११ जना, भिमाद नगरपालिकामा ६,म्याग्दे गाउँपालिकामा ११, बन्दीपुर गाउँपालिकामा १९, आँबुखैरेनी गाउँपालिकामा २०, देवघाट गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा ७ र घिरिङ गाउँपालिकामा १४ जना क्षयरोगका बिरामी रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय