९ चैत्र २०८१, जनकपुरधाम।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेशको राजधानी जनकपुरमा विरोध सभा सम्पन्न गरेको छ। विरोधसभा लाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशको अवस्था बाहिर बाट ठीकठाक देखिए पनि त्यस्तो नरहेको बताए। उनले देशको राजश्वले कर्मचारीहरु लाई तलब दिन पुग्ने अवस्था नरहेको, भष्टाचारले सीमा नाघेको , वैदेशिक ऋण अत्यधिक बढेको र देश हरेक किसिमले असफलताको बाटोमा हिँडेको आरोप लगाए ।  ठुला दलहरुले देश चलाउने नाममा लुटतन्त्र मच्चाएको भन्दै अब मार्ग परीवतर्न गर्न राप्रपा लाई साथ दिन सहभागी सबैसंग उनले आग्रह गरे।

राप्रपाका पुर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशलाई सही ट्रयाकमा ल्याउने हो भनी राप्रपाको एजेण्डामा जानुको विकल्प नरहेको स्पष्ट पारे । उनले प्रदेश खारेजी, सनातन हिन्दुराज्य र राजासहितको प्रजातन्त्र नै वर्तमान समस्याको समाधान भएको धारणा राखे।

देशका सबै प्रदेशमा विरोधसभा गर्ने निर्णयका साथ अघि बढेको राप्रपाले ६ वटा प्रदेशमा विरोधासभा सम्पन्न गरेको छ । अब बागमतीमा सभा गरेपछि निर्णायक आन्दोलनमा जाने राप्रपाले जनाएको छ । राप्रपाको शनिबार आयोजित मधेस प्रदेश स्तरीय विरोधसभालाई उपाध्यक्ष विक्रम पाण्डे, हेमजङ्ग गुरुङ , प्रदेश अध्यक्ष भरत गिरी लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय