९ चैत्र २०८१, काठमाण्डौ ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले अकर्मण्यता, नीतिहीनता र आलस्यतालाई जारी राख्ने हो भोलि पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पस्दैनन् भन्ने कुनै ग्यारेन्टी नरहेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अकर्मण्यता, नीतिहीनता र निष्कृयताकै कारण अहिले प्रतिगमनकारीहरु सल्बलाएको उनले आरोप लगाए । शासकहरु निष्कृय भएर आफ्नो नीति, मूल्य र मान्यता भुलेको खण्डमा राजनीतिमा असम्भव भनिएका कुराहरु नै सम्भव हुने उनको बताए ।

यस्तै अकर्मण्यता, नीतिहीनता र आलस्यतालाई जारी राख्ने हो भने ज्ञानेन्द्र आएर भोलि नारायणहिटीमा बस्दैनन् भन्ने के ग्यारेन्टी छ ? जब मान्छे निष्कृय हुन्छ, जब उसले आफ्ना मूल्य मान्यतालाई भुल्छ । उसका कर्तव्यलाई भुल्छ भने जे पनि सम्भव हुन्छ । यही निष्कृयता र अकर्मण्यताको कारणले देशमा अहिले प्रतिगमनकारीहरु सल्बलाउँदैछन्,’– उनले भने । प्रतिगमनकारीहरुको अहिलेको सल्बलाहटलाई रोक्न र देशलाई आमूल परिवर्तनको दिशातर्फ लान नीतिको आवश्यक पर्ने उनले बताए । नत्र भने कहिलेकाहीँ गंगा नदी उल्टो पनि बग्न सक्ने उनको चेतावनी छ । ‘नत्र भने कहिलेकाहीँ उल्टी गंगा बहन्छ । त्यो उल्टी गंगा वहने खतरा अहिले पनि छ , उनले भने ।  एकीकृत समाजवादीको महाधिवेशन सकिएको १० महिनासम्म पनि दस्तावेजहरु प्रकाशित हुन नसकेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय