९ चैत्र २०८१, गोरखा ।
पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबारस्थित गोरु गोरखनाथ र गोरखकाली मन्दिरमा पुगी पूजा अर्चना गरेका छन । पूजा अर्चना पछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए । उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् , भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने आफ्नो कामना रहेको उनले बताएका छन ।’ पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिकस्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन् भनी उनको समर्थनमा पछिल्लो समय देशभर व्यापक प्रदर्शन भइरहेको छ ।












