८ चैत्र २०८१, काठमाडौ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले पार्टीले श्याम घिमिरेलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउनुपर्ने धारणा राखेका छन् । मोरङ काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रमुख सचेतकजस्तो मान्छेले जे पायो त्यही संसद्मा बोल्न नहुने बताएका हुन् । यसरी जे पायो त्यही बोल्ने हो भनी प्रमुख सचेतकको पदबाट विदा लिनुपर्ने उनले बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक घिमिरेले संसद् बैठकमा यौन व्यवसायलाई कानुन बनाएर खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको पार्टीभित्र र बाहिर निकै आलोचना भएको थियो । अन्ततः घिमिरेले आफ्नो अभिव्यक्तिबारे संसद्मै माफी समेत मागेका थिए । नेता रिजालले घिमिरेलले माफी मागेर मात्रै नपुग्ने बताएका हुन ।

‘ माफी मागे हुन्छ भन्ने हो भने बोल्ने अनि चित्त बुझेन भने माफ माग्दै हिँड्ने ? यो बाटोबाट हुन्न । कांग्रेसको प्रमुख सचेतक छान्दा कस्तो मान्छे छानेका रहेछौं भन्ने कुरा जनताले बुझिरहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय