काठमाडौं ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन्। भारत भ्रमण सकेर शुक्रवार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको दाबी गरेकी छन् ।

“भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ’, नेपालमा राजावादीहरूको चलखेल बढिरहेको प्रसङ्गमा उनले भनिन्, ‘अहिलेको सरकारसँग भारतीय पक्ष  जोडिरहनुभएको छ । सरकार नै परिवर्तन गर्ने, व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ ।” राणाले बताइन् । उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र कुराकानी नभएको र त्यसको पहल पनि नगरेको जानकारी समेत गराइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय