८ चैत्र २०८१, काठमाडौ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व पर्यटनमन्त्री सुदन किरातीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकै तिरले दुई शिकार गर्ने रणनीति अख्तियार गरेको खुलासा गरेका छन । उनले प्रधानमन्त्री ओलीले राजावादीहरुको आन्दोलन अझै बढोस भनेर चाहेको आरोप समेत लगाए।

राजावादीहरुले संविधानविरोधी हर्कत गरिरहँदा सरकारको नेतृत्वमा रहेका ओलीले देखावटी प्रतिक्रिया मात्रै जनाएको किरातीको आरोप छ । राजावादीहरुलाई सरकारको तर्फबाट संविधानविरोधी हर्कत गरेबापत कुनै एक्शन नलिईएकोमा किरातीले आक्रोश व्यक्त गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा चरम विश्वासको संकटमा परेर सरकार निल्नु न ओकाल्नुको अवस्था पुगेको पनि उनले दाबी गरे ।

नेकपा (माओवादी केन्द्र) पाख्रीवास नगरपालिका धनकुटाको नगरको दोश्रो अधिवेशनको उद्घाटन गर्दै किरातीले यस्तो आरोप लगाएका हुन् । किरातीले प्रधानमन्त्री ओलीमाथि धर्मनिरपेक्षता विरोधी व्यक्ति भएको गम्भीर आरोप लगाएका छन् । ओलीले हिन्दू राष्ट्र बनाउने र आफू पर्दै गएको पासोबाट एकैपटक उम्किने बाटो हेरिरहेको आशंका व्यक्त गर्दै अहिले ओलीले एकै तिरले दुई शिकार गर्न खोजेको किरातीको दाबी छ । पूर्वमन्त्री किरातीले प्रधानमन्त्री ओली आँफै राजावादीहरुको संविधानविरोधी हर्कतमा लागेको र उनको यो हर्कत नेपाली जनताले छिट्टै थाहा पाउने पनि दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय