२ चैत्र २०८१, खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका -४ बडहरे स्थित लक्ष्मी माध्यमिक बिधालयमा नजिकिदै गरेको SEE परिक्षालाई मध्यनजर गर्दै नेकपा एमाले वडा कमिटी बडहरेले फागुन १ गते देखि चैत्र १ सम्म निशुल्क कोचिङ कक्षा सन्चालन सम्पन्न गरेको छ । उक्त कोचिङ कक्षामा अग्रेजी, बिज्ञान र गणित बिषय पढाइ भएको थियो सो कक्षामा अध्यापन गराउने शिक्षकहरुको पारीश्रमिक वडा कमिटीले बेहोरेको नेकपा एमाले ४ नम्बर कमिटीका अध्यक्ष लाल ब. खत्री ले जानकारी दिए। शुल्क तिरेर पढन नसक्ने बिपन्न बिधार्थीहरुको लागि यो कोचिङ कक्षाले धेरै सहयोग पुगेको र आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरिएको लक्ष्मी माध्यमिक बिधालयका प्रधानाध्यापक नयन कुमारले बताए ।

प्रत्येक बर्ष SEE परिक्षालाई मध्यनजर गरेर निशुल्क अध्यापन गराउने सम्झौता नेकपा एमाले वडाकमिटी अध्यक्ष लाल ब. खत्री , हलेसी काठमाडौं सम्पर्क मन्चका अध्यक्ष सुदिप खत्री , नेकपा एमाले जिल्ला कमिटीका लेखा आयोग अध्यक्ष उमेश पौडेल , लक्ष्मी माध्यमिक विधालयका वि.ब्य.स अध्यक्ष बासु दाहाल सि.अ.संघ अध्यक्ष हरि ब. बस्नेत र प्रधानाध्यापक नयन कुमार राई बिच सम्झौता भएको कुल ब. बस्नेतले बताए ।











