२६ फागुन २०८१, काठमाडौ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने लक्ष्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणाले चैत १ गते बाट राप्रपाले आन्दोलन गर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै राणाले सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै आन्दोलन थाल्ने जानकारी दीएका छन् ।

‘अब राष्ट्र, धर्म, संस्कृति र देशको पहिचान रक्षा तथा स्वाभिमानी नेपालीको गौरव फर्काउनका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिँदै छ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु’, उनले लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय