२६ फागुन २०८१, काठमाडौ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा स्वागतका लागि जम्मा भएका राप्रपा लगायतका राजावादी दलहरुले प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राप्रपा लगायतका दलले गरेको शक्ति प्रदर्शनमा जुलुस निकाल्दा विदेशीको तस्बिर प्रयोग गर्नुपरेको तर, विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरु भने नभएको धारणा व्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलील भने ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद हामीलाई छैन ।’ प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अभियानमा लागेको बताए ।

उनले बाह्य अनुदान सहायतामा भर नपरी आफ्नै ढंगले मुलुकको विकासमा लाग्नुपर्ने आवश्यकता भएको बताए । राजावादीहरुले आईतबार गरेको प्रदर्शनमा प्रधानमन्त्री ओली साथै व्यवस्थाका विरुद चर्को नारा घन्किएको थियो । पूर्वराजा शाहको स्वागतमा हजारौ जनता एकसाथ सडकमा आएपछि सडक दिनभर अस्तव्यस्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय