फागुन २५ २०८१, काठमाडौ।

पुर्वराजा ज्ञानेन्द्र शाह आईतबार पोखराबाट काठमाडौँ फर्किने भएपछि राजावादी शाक्तिहरुले जुलुससहित स्वागतको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुट नै तय गरेर जुलुससहित काठमाडौँ एयरपोर्टसम्म पुग्ने तयारी गरेको हो । राप्रपा महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल सम्शेर राणाले तीनकुने र गौशालामा जम्मा भएर जुलुससहित विमानस्थल पुग्ने कार्यक्रम तय भएको बताए । उनले काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर र काठमाडौँ (कागेश्वरी मनोहरा पेप्सीकोला कीर्तिपुर नगरपालिका चन्दागिरी दक्षिणकाली नागार्जुन) बाट आउनेहरूलाई तीनकुनेमा भेला हुन आग्रह गरेका छन् ।

त्यसैगरी नुवाकोट, धादिङ र काठमाडौँको टोखा ,गोकर्णेश्वर र तारकेश्वरबाट आउनेहरूलाई गौशालामा जम्मा हुन भनिएको छ । जोसँग जुन सवारी साधन छ त्यही प्रयोग गरेर तीनकुने र गौशला पुग्न पार्टीले आग्रह गरेको छ । यता दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानले आफ्ना कार्यकर्तालाई स्वागतको लागि विमानस्थल पुग्न आग्रह गरेको छन् भने कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि आफ्ना कार्यकर्तालाई राजाको स्वागतकालागी एयरपोर्ट पुग्न निर्देशन दिएको छ राजावादीहरुले जुलुससहित राजाको स्वागत गर्ने तयारी गरेपछी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जत पूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादा विपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रधान कार्यालयले बताएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ । तर राजावादीहरुले भने कम्तीमा १ लाख मान्छे सडकमा आउने अनुमान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय