१९ फागुन २०८१, तनहुँ।
अन्जन न्यौपाने।

तनहुँ समाज हङकङ ले ब्लड क्यासर पिडित,मिर्गौला पिडित र ट्युमर क्यान्सर पिडितलाई संयुक्तरूपमा ४ लाख ८५ हजार ८ सय ८३ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। तनहुँ समाज हङकङले बल्ड क्यानसर पिडित घिरिङ गाउपालिका -४ का थमन सिह रानालाई १ लाख ५५ हजार ७ सय ८३ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ भने समाजले रिसिङ गाउपलिकाका – ५ का मिर्गौला पिडित लालबहादुर नेपालीलाई १ लाख ५५ हजार ८३ रुपैया हस्तान्तरण गरेको हो। तनहुँ समाज हङकङले भानु नगरपालिका -१० की तुल कुमारी गुरुङलाई १ लाख ७४ हजार २ सय ८३ रुपैयाँ हस्तान्तरण गरेको छ। तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङ ,ब्यास नगरपालिकाका पुर्व नगर प्रमुख सुन्दर बहादुर गुरुङले एक कार्यक्रमका बीच संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन।
कार्यक्रममा पत्रकार महासघका पुर्व केन्द्रीय सदस्य प्रदिप काफ्ले ,समाजसेवी पुर्णसिहं थापा लगाएतले तनहुँ सेवा समाज हङकङले मिर्गौला पिडित,क्यान्सर पिडित ,दैवी प्रकोप पिडितहरुलाई समय समयमा गरेको आर्थिक सहयोगले विभिन्न रोगबाट पिडित रोगीहरुको घाउमा मलम लगाएर सितलता प्रदान गराउने काम भएको भन्दै परोपकारी भावना उदहारणीय र अनुकरणीय भन्दै सो कार्यको प्रशंसा गरेका छन।











