१७ फागुन २०८१, काठमाडौं।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार राति ह्वाइट हाउसमा भेटवार्ता भएको छ। यस क्रममा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीबीच चर्को विवाद भएपछि वार्ता बिना निश्कर्ष टुङ्गिएको छ ।

वार्ताको क्रममा भान्सले जेलेन्स्कीमाथि संयुक्त राज्य अमेरिकाको अपमान गरेको आरोप लगाएका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई धेरै पटक हप्काएका नै थिए। ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास गरेको आरोप पनि लगाए।

उक्त वार्ताका क्रममा जेलेन्स्की रिसाएर ह्वाइटहाउसबाट बाहिरिएका थिए। दुई नेताहरूबीच खनिजको सम्बन्धमा सम्झौता हुने तय भएको थियो तर वार्ता विवादकै कारण सम्झौता हुन सकेन । अमेरिकाले युक्रेन लाई खनिज सम्झौता गर्न तीव्र दबाब दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय