१६ फागुन २०८१, काठमाडौ ।

पेम्बा शेर्पा ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पुर्वराजा ज्ञानेन्द्र शाहले देश राम्रो होला भनेर आफुले राजगद्दी त्यागेको तर देश झनझन दलदलमा फसेको , नागरिकहरुमा निराशा छाएको, आर्थिक संकट गहिरिएको , बिदेशी हस्तक्षेप बढेको , दक्षजनशक्ति बिदेशिन बाध्य भएको , देशमा भष्टाचार बढेको र दलहरु असफल भएको भन्दै देशलाई संकट बाट मुक्त गर्न आफुलाइ साथ र सहयोग गर्न सम्पुर्ण जनताहरु लाई आव्हान गरेपछि अहिले देशमा नयाँ तरंग पैदा भएको छ ।

उनको समर्थन र बिरोधमा यतिबेला सडक देखि सदन तातेको छ । राजाको सन्देशले राजाबादीहरु हौसिएका छन भनी काङ्ग्रेस , एमाले र माओवादीले पुर्व राजालाई सत्ता मोह भए दल खोल्न सुल्झाउनुका साथै धेरै फुरफुर नगर्न चेतावनी दिईसकेका छन ।

यस्तो बेला प्रतिनिधिसभाको ५ औं ठूलो राजाबादी दल राप्रपामा अनौठो घटना देखा परेको छ । राप्रपाका पुर्व अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीको भेटले राप्रपामा नयाँ तरङ्ग पैदा गरेको छ । यी दुई समकालीन नेताको सधैं झै टकराव पर्दै आएको थियो । हरेक कुरामा झमेला झिक्दै एक अर्कालाई सहज रुपले स्वीकार नगर्ने यी दुई नेताहरु एक्कासि लामो समय छलफलमा जुटेपछी अहिले आम चासो बढेको हो ।

पुर्व अध्यक्ष राणा लोहनी निवास धुम्बाराहीमा महामन्त्री डा. धवल शम्सेर राणा लिएर पुगेपछि लोहनी नै छक्क परेका छन । पार्टी भित्र गत माघमा भएको केन्द्रीय समिती बैठकमा महामन्त्री राणाले पेश गरेको फरक दस्तावेजले उत्पन्न गरेको पछिल्लो परिस्थिति , राजाको सन्देश र पार्टीले गरिरहेको सडक प्रदर्शन लगायत भावी कार्यक्रमका बारेमा गहन छलफल भएको लोहनी निकट श्रोत बताउँछ । पार्टी लाई एकढिक्का बनाएर लैजाने कुरामा अध्यक्ष राजेन्द्र लिङ्देन चुकेको , वरिष्ठ नेताहरू बीचमा संवादको वातावरण नबनेको र समान बिचारधारा भएका दल , समूह र अभियान लाई जोडन नसकिएको छलफलले निष्कर्ष निकालेको छ ।

सो अवसरमा लोहनीले राप्रपा केन्द्रीय समितिका सल्लाहकार सदस्य जगदिश लाल श्रीवास्तव को निधनको श्रद्धाञ्जली दिन उनको निवास रौतहट पुग्दा तराईका पार्टीका साथिहरुले पनि पार्टी एकमत हुन नसकेको गुनासो गरेको बताए उनले मकवानपुर पुग्दा पनि तपाईहरु एकमत हुन किन नसकेको भन्दै नेताकार्यकर्ताले प्रश्न गरेको पुर्वअध्यक्ष राणा लाई जानकारी गराएका छन ।

लोहनीको कुरामा समर्थन जनाउदै राणाले पार्टीमा रहेका सानातिना समस्यामा नअल्झिकन राप्रपाको एजेन्डा स्थापित गर्न एकढिक्का हुने समय आएको धारणा राखेका छन । यो भन्दा अनुकुल समय अब आउदैन भन्दै राणाले राजाले गरेको आव्हान देश र जनताको हितमा रहेको भन्दै अब हामी एक भएर देश दौडाहामा निस्क्नु पर्ने कुरामा जोड दिए उनको कुरामा लोहनी र महामन्त्री राणाले पनि सहमति जनाएका छन । राणासगको भेट पछि १८ गते धनगढीमा हुने बिरोधसभामा लोहनी सहभागी हुने भएका छन । जनताले विकल्प खोजेको , राजाले जनताको साथ खोजेको अनि राप्रपाले एजेन्डा स्थापित गर्न सडक र सदनको प्रयोग गर्दै आइरहेको समयमा कुनैपनी बहाना नगरी इमान्दार भएर सबै लाग्नु पर्ने बैठकले निष्कर्ष निकालेको पुर्वअध्यक्ष लोहनीले बताए । यो बिषयमा अध्यक्ष लिङ्देन जि सग पनि कुरा हुन्छ सम्भवत धनगढीको कार्यक्रममा जानू अघि नै लिङ्देन सग भेट हुने उनले जानकारी दिए । अब नवीन सम्झौता गर्न हामी सडक र सदन बाट ठुला दलहरु र सरकार लाई बाध्य पार्छौ भन्दै लोहनीले पुर्वअध्यक्ष राणासग कुनै किसिमको तुष नरहेको स्पष्ट पारे । उहाँ र मेरो बिचमा सौहार्दपुर्ण सम्बन्ध छ कसैले खेल्न सक्दैन उनले भने । पार्टी , देश र जनताको चिन्ताले उहाँलाई महाराजगन्ज देखि धुम्बाराही सम्म ल्याएको पनि लोहनीले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय