१५ फागुन २०८१, लमजुङ।

अन्जन राज न्यौपाने।

इशानेश्वर महादेव मन्दिर लमजुङमा भक्तजनको ओहिरो लागेक‍ छ। महाशिवरात्रीको अवसरमा देश तथा विदेशका श्रद्धालु भक्तजनहरुको मन्दिरमा भिड लागेको हो । सन्तान नहुनेहरुका लागि सन्तान प्राप्ति गर्न उठेर बत्ति बाल्ने परम्परा यस मन्दिरमा रहि आएको छ। यसरी बत्ती बाल्दा सन्तान प्राप्त हुने जनविश्वास रहेको छ ।

धेरै जसो भाकल गर्न र भाकल पूरा भए सगै ,घरपरिवार जग्गा जमिन खेतीपाती , ब्याक्तिको चौतर्फी प्रगति सुस्वास्थ्यका लागि मन्दिरमा लाखौंको संख्यामा भक्तजनहरुको भीड लागेको हो। ईशानेश्वर मन्दिर संरक्षण समितिले भक्तजनलाई बत्ती बाल्न सहज होस भन्ने मनसायले पालको ब्यवस्था गरेको छ। कुनै प्रकारको होहल्ला हुन नदिन जिल्ला प्रहरी कार्यालय लमजुङले श्रद्धालु भक्तजनहरुको सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरेको छ। शान्ति सुरक्षा , अमनचयन र भक्तजनले सुरक्षित भएर पुजाआरधना गर्ने वातावरण सहज वनाउन हजारौंको संख्यामा प्रहरी परिचालन गरेको छ भने हिंसात्मक आपराधिक कार्य नहोस भन्ने उदेश्यले सुरक्षालाई थप प्रभावकारी बनाउन सादा पोषाकमा समेत प्रहरी परिचालन गरिएको छ।

मन्दिर संचालक समिति ,स्थानीय युवा क्लव ,आमा समुहले भक्तजनलाई सहज बनाउन पुरुष, महिला ,अपाङ्गता भएका ब्याक्तिहरुका लागि छुट्टाछुट्टै लाईनको ब्यवस्थापन गराएको छ।प्रसिद्ध ईशानेश्वर महादेव मन्दिर यति वेला नयाँ दुलही सिङ्गारिएको जसरी सिङ्गारिएकोमा भक्तजनहरुले खुशी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय