१५ फागुन २०८१,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकामा आफुले प्रस्ताव गरेको सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । ट्रम्पले अमेरिकी सहायता एवं सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेन आफ्नो खनिज सम्पदा बाँड्न तयार भएको बताउदै आइरहेका छन् ।

उनले भनेका छन्, हामी यस्तो सम्झौता गर्न सक्षम भएका छौँ, जहाँ हामीलाई आफ्नो पैसा फिर्ता मिल्ने छ भने भविष्यमा ठूलो परिमाणमा थप पैसा मिल्नेछ । यसअघि जेलेन्स्कीले युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुनेबारे हालसम्म कुनै ग्यारेन्टी नभएको बताएका थिए । यद्यपि, आफुले युक्रेनका लागि सुरक्षा ग्यारेन्टी चाहेको र यो महत्वपूर्ण भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय