१५ फागुन २०८१ , काठमाडौं ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदाय लाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभामा रहेकी मन्त्री डा.देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरु सँग सो आग्रह गरेकी हुन् । मन्त्री डा.देउवाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धि लाई हेरेर नेपाललाई मत दिन आग्रह गरिन् । सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित रहेको थियो । सो समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा अडिग रहेको बताईन । मानवअधिकारको रक्षा र प्रवर्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ । यही प्रतिबद्धताका साथ नेपालले यस परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु मन्त्री डा.देउवाले भनिन् , नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक हकका रुपमा समेटेको पनि उनले उल्लेख गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय