१५ फागुन २०८१, तनहुँ।

अन्जन राज न्यौपाने दमौली तनहुँ ।

तनहुँ जिल्ला कै चर्चित क्लव ब्यास युवा क्लव ब्यास -४ दमौली तनहुँले १५ सय बडी श्रद्धालु भक्तजनहरुलाई निशुल्क चिया वितरण गरेको छ। ४ वेद १८ पुराणका रचयिता भगवान बेद ब्यासको जन्म स्थल ,पराशर ऋषिको तपोभुमि ,आदिकवि भानुभक्तको जन्म घर तनहुँ जिल्लाको सदरमुकाम दमौली ब्यास -३ स्थित शिव पान्चायन मन्दिर परिसरमा महाशिवरात्रीको पावन अवसरमा ब्यास युवा क्ल्व का अध्यक्ष युवा समाजसेवी खेम गुरुङको संयोजकत्वमा निशुल्क चियापान कार्यक्रम गरिएको हो ।

उक्त चियापान कार्यक्रममा युवा समाजसेवी ब्यास युवा क्लवका सल्लाहकार सदस्य बासु सापकोटा,युवा समाजसेवी सुदिप गुरुङ ,क्लवका सचिव सुजन आले ,युवा समाजसेवी सोम गुरुङ , कुमार गुरुङ,नारायण सापकोटा,सफिक मिया , नारायण गुरुङ ,संगम थापा लगाएत क्लवका दर्जनौं पदाधिकारीहरुले मन्दिर परिसर सरसफाइ गरि श्रद्धालु भक्तजनहरुलाई अहोरात्र खटेर चिया वितरण गरेका थिए। उक्त चियापान कार्यक्रममा समाजसेवीहरु क्रमशः सुन्दरबहादुर गुरुङ ,ढकल गुरुङ ,मंगल प्रसाद श्रेष्ठ ,अन्जनराज न्यौपाने ,कुमार मल्ल ,बलबहादुर शाही ,महेश मल्ल लगाएत दर्जनौं विभिन्न तह र तप्काका उधोगी ,ब्यवसायी,कर्मचारी ,सामाजिक तथा धार्मिक अभियान्ताहरुले युवा समाजसेवी क्ल्वका नव निर्वाचित अध्यक्ष खेम गुरुङले विभिन्न समयमा समाजमा विविध क्षेत्रमा पुराएको योगदान अविस्मरणीय र रचनात्मक भएको भन्दै अनुकरणीय कार्यको प्रशंसा गरेका थिए। चियापान कार्यक्रम भक्कजनकालागि अत्यन्तै समयसान्दर्भिक ,उदहारणीय ,र सृर्जनात्मक भएको महाशिवरात्री महामेलाका उपस्थितहरुले बताएका छन।

कार्यक्रमलाई सब्य एब्म भब्य रुपमा सफल पर्न विविध साँस्कृतिक कार्यक्रम ,शिव गान भजन तथा दिप प्रज्वलन गरिएको थियोे । ब्यास युवा समाजले वडा नगर सरसफाइ ,रक्तदान कार्यक्रम ,स्वास्थ्य सिविर , नेतृत्व तथा सीप मुलक सम्बन्धि तालिम ,सचेतना सम्वन्धी कार्यक्रम,जनचेतनामूलक सडक नाटक लगाएत उपकारी परोपकारी सामाजिक गतिविधिहरु निकट भविष्यमा गरिने क्लवका अध्यक्ष खेम गुरुङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय