१३ फागुन २०८१, रौतहट
राप्रपा रौतहटको विस्तारित बैठक राप्रपाका पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ। आन्दोलनको तयारीमा रहेको राप्रपाले रौतहटमा विस्तारित बैठक सम्पन्न गरेसंगै आन्दोलनको तयारी समेत गरेको छ।


बैठक लाई सम्बोधन गर्दै राप्रपा पुर्व अध्यक्ष डा. लोहनीले मुलुक राजनीति रुपमा धुर्विकरण हुदै गएको र मुलुकको परिस्थिति सहज नरहेको वताए। उनले प्रजातन्त्र दिवसको अवसरमा राजाले दिएको सन्देशले मुलुकको राजनिती तरंगित बनाएको र हामिले यो सन्देश लाई स्वागत समेत गरेको बताउदै अब चाडै राप्रपाले गर्ने आन्दोलनको निर्देशन कुर्न नेताकार्यकर्ता लाई आग्रह गरे ।

राजाको अभिव्यक्ति लाई लिएर पुर्व प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई ले गरेको टिप्पणी प्रति उनले कटाक्ष गर्दै तागत भय राजालाई हैन हामिलाइ जेल हाल्न भन्दै चेतावनी समेत दिएका छन। राजाको सन्देश आफुले अन्तरआत्मा ले नै स्विकार गरेको र सो सन्देश मुलुक को राजनैतिक शंकट निवारण को निमित कोषेढुगां सावित हुने वताउदै वर्तमान सत्ताधारी दलहरुले नमाने हामिले सडक संघर्ष वाट नै राजसंस्था स्थापना गर्नुपर्ने धारणा राखे ।

आर्थिक रुपमा देश टाट पल्टने अवस्थामा पुगेको र अब बचाउन सकिएन भने ठुलो संकट आउने समेत उहाले वताउनु भयो ।कार्यक्रम लाई मधेस प्रदेशका अध्यक्ष भरत गिरि,मधेश विभाग अध्यक्ष राम प्रताप साह ( भोला) लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।












