११ फागुन २०८१, तनहुँ 

अन्जन न्यौपाने।

राष्ट्रवादी अभियान तनहुँले फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहबाट सार्वजनिक भएको वक्तव्य लाई हार्दिकताका साथ स्वागत गरेको छ । अभियानले सरकारले दिएको वक्तव्यले सम्पुर्ण राष्ट्रवादिहरुको मनोभावनाको प्रतिनिधित्व गरेको जनाएको छ।


आधुनिक नेपाल राष्ट्र को एकिकरण सारा नेपाली र शाह वंशिय राजसंस्थाको संयुक्त प्रयासबाट भएको अभियानले जनाएको छ। बिगत ३ दशक देखि नेपाल र नेपाली माथि आएको संकटपुर्ण अवस्थाको निकाशका लागि महाराजधिराजबाट जुन संबोधन भएको छ यसले हामी सम्पुर्ण राष्ट्रभक्त नेपालीहरुमा आशाको दियो बलेको छ। हामीले बिगत लामो समय देखि वकालत गर्दै आईरहेको कुरा अहिले सत्य साबित भैइरहेको छ, राजसंस्था नेपालीको एकताको अभिभावक हो मिंयो हो, यसको कुनै बिकल्प अभियानले भनेको छ ।यहाँ राजसंस्था छैन भने नेपाल नै छैन। यो कुरा सबैले मनन गर्न जरुरी छ। दलाल दलतन्त्र हाबी हुंदा अहिले राजनिती नाङ्गो भएको छ, देश कमजोर बनेको छ, भ्रस्ट नेताले देशमा गरेका घोटाला काण्ड एक पछि अर्को भण्डाफोर भैइरहेका छन। पछिल्लो समयमा भएको परिवर्तन नै बिदेशी शक्ति केन्द्रको आर्थिक चलखेलमा भएका स-प्रमाण सार्वजनिक भैईसकेको छ यस्तो बेला सिङ्गो देशलाई एकढिक्का बनाउन राजा लाई साथ दिनुको विकल्प नभएको अभियानले स्पष्ट गरेको छ ।

 देशको अस्तित्व जोगाउन , भष्ट्राचारी लाई कारवाही गर्न  सबै नेपालीहरु लाई एकताको सूत्रमा बाध्न राजा लाई साथ दिउं, सत्यलाई साथ दिउं भन्दै देश ,जनता र वैदिक सनातन हिन्दुराज्यको स्थापना गर्दै राजा सहितको प्रजातन्त्रका स्थापनाको लागि राजा लाई साथ दिने सहभागीहरुले धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय