११ फागुन २०८१, पोखरा
अन्जन न्यौपाने।

राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश र आम जनताको ईच्छा संवैधानिक राजसंस्था सहितको हिन्दु राष्ट्र भएको बताएका छन। जनताको ईच्छा पूरा गर्न देशका जनताले राजालाई दरवार ल्यएरै छाड्ने उनले दावी गरे। देशका प्रमुख राजनैतिक दलहरुले विकासका नाममा व्यापक भ्रष्टाचार गरेको जनतालाई गणतन्त्रले भिरबाट खसालेर धोकादिने काम गरेको उनले आरोप छ । अध्यक्ष लिङ्देनले देशको ब्यवस्था र अवस्थामा परिवर्तन ल्याउन राजा को प्रमुख आवश्यकता भएको बताए । गणतन्त्रवादी नेता दूध खुवाएर पालेको विषालु साप जस्तै भएको बताउदै अवको निकास राजा सहितको प्रजातन्त्र मात्र भएको धारणा राखे।

गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित वृहत विरोध सभालाई संबोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन।
पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काग्रेस कम्युनिस्ट माओवादीहरु नक्कली गणतन्त्रवादी भएको आरोप लगाए। जनताको असली र विस्वासीलो पार्टी राप्रपा मात्र भएकोले आफुपनि मार्ग परीवर्तन गरेर राप्रपामा आएको उनले धारणा राखे। बरिस्ठ उपाध्यक्ष मिश्रले गणतन्त्र जनताको लागि दिर्गकालिन धोका भएको वताउदै जनताले भ्रष्टाचारीलाई आगो लगाएर भुत लखेटे जसरी लख्ट्ने बेला आएको स्पष्ट पारे ।

राष्ट्रिय प्रजातान्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा कुनैपनि जनता सरकारबाटै सुरक्षित नभएको बताएका छन। सरकारले जनतालाई भ्रष्टाचारको हिलोमा चुर्लुम ढुवाएर जनतालाई झुक्याएर देशलाई भुमरीमा फसाएको बताए ।प्रवक्ता शाहीले अबको विकल्प भ्रष्टाचारी नेतालाई पाता फर्काएर जनताको माझमा नाङ्गेझार बनाउन राप्रपाले नेतृत्व गर्ने बताएका हुन।
प्रवक्ता शाहीले अबको आन्दोलनको आदीबेरीले सडक र सदन तताउन टोल,नगर ,गाउँ शहरका जनता जुरमुराउन मेचीमहाकालीका युवाहरु जगाएर भ्रष्टाचारीलाई देशबाट गवार गवार भन्दै लखेट्ने बाताबरण बनाउनु पर्ने बताए । देशमा ब्याप्त महंगी बेरोजगारी ,भ्रष्टाचार कुशासनको अन्त्यका साथै विकासका लागि विरोधसभा आयोजना गरिएको बताए । कार्यक्रममा राष्ट्रिय प्रजातान्त्र पार्टीका उपाध्यक्ष हेमजङ गुरुङ , गण्डकी प्रदेशका अध्यक्ष पंचराम गुरुङ लगाएतका वक्ताहरुले देश लाई निकास दिन र अहिलेको दलदल बाट देश लाई निकाल्ने एकमात्र विकल्प राप्रपाले भनेको नवीन समझदारी मात्र भएको बताएका छन।












