फागुन २०८१, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग यस वर्षको लागि रासायनिक मल र उन्नत बीउ समयमै उपलब्ध गराउने तयारीका विषयमा ब्रिफिङ लिएका छन् । सो अवसरमा प्रधानमन्त्री लाई नेपालमा वार्षिक रुपमा आवश्यक पर्ने ५ लाख ५० हजार मेट्रिकटन मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको, यस वर्षका लागि २ लाख ४० हजार मेट्रिकटन मल आयात भइसकेको छ भने गत वर्षको मौज्दात समेत गरी २ लाख ६२ हजार मेट्रिकटन बिक्री भइसकेको ३० हजार मेट्रिकटन युरिया मल आयातको क्रममा रहेको मन्त्रालयले जानकारी गराएको छ ।

बिर्फिङ पछि प्रधानमन्त्री ओलीले खेतीको समयमा मलखादको समस्या हुन नदिन र समयमै माला बीऊ उपलब्ध गराउन सबै काम समयमै गरिसक्न कृषि मन्त्री लगायत लाई निर्देशन समेत दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय