२६ माघ २०८१, काठमाडौ ।

खानेपानीमन्त्री प्रदीप यादवले आज बिहान खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको स्पष्ट पारेका छन् । आगलागीको खबर पाएपश्चात तत्काल मन्त्रालय पुगेका मन्त्री यादव, सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, सहसचिव रमाकान्त दुवाडीसहितको टोलीले आगलागीले जलेको कार्यकक्षको निरीक्षण गरेका थिए ।

निरीक्षणपश्चात सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा भने कुनै क्षति नभएको बताए । शनिबार बिहान ८ बजेर ४० मिनेटमा भएको उक्त आगलागीले खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए । उनले झन्डै ५० लाख बराबरको क्षति भएको हुनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय