२६ माघ २०८१, काठमाडौ ।

लायन्स क्लव अफ काठमाडौं कुलदेवताले शनिबार  काठमाडौंमा निशुल्क स्वास्थ शिविर को आयोजना गरेको छ ।
मेडिलाइफ हेल्थकेयर क्लिनिक स्थापनाको छैटौं वर्षिक उत्सवको अवसर पारेर लायन्स क्लव अफ काठमाडौं कुलदेवता र मेडिलाइफ को संयुक्त आयोजनामा स्वास्थ शिविर गरिएको क्लवका अध्यक्ष जनक राज पाठकले जानकारी दिए ।

स्वास्थ्य शिविरमा स्त्रीरोग विषेशज्ञ वाट स्त्री रोग सम्बन्धि चेकजाच,मधुमेह सम्वन्धि चेकजाच,रक्तचाप जाँच सेवा,जनरल फिजिसियन वाट स्वास्थ चेकजाच गरिएको  छ। उक्त शविर वाट करिव १५० जना लाभान्वित भयको लायन्स क्लव अफ काठमाडौं कुलदेवताका  अध्यक्ष पाठकले बताए ।

कार्यक्रममा क्लवको तर्फवाट उपाध्यक्ष हरेन्द्र घिमिरे,सदस्य अनिता पाठक लगायतको उपस्थिती रहेकोे थियोे।  स्वास्थ शिविरमा लायन्स 325 M वाट टंक पौडेल,भुपराज काफ्ले,राजेश विसुराल,दुर्गा विसुराल,श्रृषिमाया पोख्रेल लगायत को उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय