२४ माघ २०८१, दमक 

राष्ट्रिय प्रजातन्त्र पार्टी झापा दमक नगरपालिका -३ को वडा अधिवेशन सम्पन्न भएको छ । बिहीबार भएको ११ औं वडा अधिवेशनले वडाअध्यक्षमा सन्त कुमार वस्नेत लाई निर्वाचित गरेको छ ।

राप्रपा काेशी प्रदेश अध्यक्ष एवं दमक नगरपालिका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्राैला, पुर्व केन्द्रीय सदस्य एवं काेशी प्रदेश सचिव बासुदेव भट्टराई, राप्रपा झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, प्रदेश सदस्य कुमार वस्नेत, युवक संगठन काेशी प्रदेश संयाेजक राजकुमार याेङगा ५ नम्बर क्षेत्रीय अध्यक्ष भीम प्रसाद पाैडेल, पुर्व प्रदेश सदस्य नारदमुनि घिमिरे लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनमा बिष्णु धिमाल, सन्ताेष दर्जी, दिनेश तामाङ लगायत बिभिन्न पार्टी परित्याग गरि ६१ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेको जिल्ला अध्यक्ष ओझाले जानकारी दिए ।


राप्रपाले आगामी वैशाख सम्म जिल्ला अधिवेशन गरी सक्न मातहतका कमिटीहरु लाई निर्देशन दिएपछि अहिले वडा, पालिकाहरुको अधिवेशन देशव्यापी भइरहेको अध्यक्ष थापाले बताए । नवनिर्वाचित वडाअध्यक्ष एवं नवप्रवेशीहरु लाई बधाई ज्ञापन गर्दै पार्टीको एजेन्डा स्थापनाको लागि सक्रिय हुन पनि थापाले आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय