२४ माघ २०८१ , काठमाडौ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै खुट्टामा उभिएर सरकार बनाउने उद्घोष गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले माओवादीले आफ्नै सामर्थ्य र आफ्नै खुट्टामा उभिएर सरकार बनाउने बताएका हुन् ।

उनले अहिले माओवादी सरकार ढाल्ने खेलमा नरहेको पनि बताए । ‘हामी सरकार त बनाउँछौं । तपाईँहरुलाई यो कुरा पत्यार लाग्दैन अहिले तर, आफ्नै सामार्थ्यमा, आफ्नै खुट्टामा टेकेर सरकार बनाउँछौं । सरकारको खेलमा अहिले हामी छैनौं,– प्रचण्डले भने । प्रचण्डले वर्तमान सरकार संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहेको आरोप लगाए । यसको विरुद्ध माओवादीले संसद् र सडकबाट प्रतिवाद गर्ने उनले चेतावनी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय