१८ माघ २०८१, तनहुँ
अन्जन न्यौपाने।

आदर्श युवा क्लव ब्यास-५ पतेनी तनहुँले देउसी भैलो खेलेर उठेको रकमबाट बृद्धाश्रम लाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ। ब्यास-५ स्थित राष्ट्रिय परोपकार महासघ पाटनमा रहेका बृद्धबृद्दाहरुलाई करिब १० हजार मूल्य बराबरको खाध्यान सामाग्री वितरण गरिएको समाजसेवी, युवा ब्यवसायी रामकुमार श्रेष्ठले बताए ।

आगामी दिनहरुमा पनि तन,मन वचन र धनले जेष्ठ नागरिकहरुलाई सहयोग गरिने युवा समाजसेवी आदर्श क्लवका अध्यक्ष सुरेन्द्रराज अधिकारीले जानकारी बताए । कार्यक्रममा परोपकार महासघका अध्यक्ष तारानाथ थिमिरे, समाजसेवी बलबहादुर रानाभाट,समाजसेवी माधवप्रसाद अधिकारी लगाएतका वक्ताहरूले क्लवका सहयोगीमनहरुले विभिन्न समयमा देखाएको उदाहरणीय कार्य अनुकरणीय भएको भन्दै सृर्जनात्मक र रचनात्मक कार्यको प्रशंसा गरेका थिए।












