१८ माघ २०८१, तनहुँ।
अन्जन न्यौपाने।

ज्ञान शिल एकता भन्ने मुल नाराका साथ प्राज्ञिक विधार्थीपरिषद् गण्डकी प्रदेशले ब्यास जन्म भुमि दमौलीमा अभ्यास वर्ग कार्यक्रम आयोजना गरेको छ। माघ १७ गते देखि १९ गते सम्म आयोजना गरिएको अभ्यास वर्ग कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले विधार्थी शक्ति राष्ट्रिय शक्ति भएको वताउदै ब्याक्तिले जन्म लिएपछि देश र जनताका लागि मेरो जन्म भएको हो भन्ने महशुस गरि सकारात्मक सोच ,सकारात्मक विचार ,सकारात्मक कर्मको लागि अभ्यास वर्ग आवश्यक भएको बताए ।
देशको समग्र हितकालागि विधार्थी ,शिक्षक र प्राज्ञिक वर्गहरुमा ज्ञान शील एकता आजको आवश्यकता भएको बताए । प्रजिअ थापाले व्याक्तिले अरुको टिकाटिप्पनी र नकारात्मक सोच विचारलाई आजैवाट हटाउदै स्वपहिचान गर्न अनिवार्य भएको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विरेन्द्रबहादुर शाहीले ज्ञान,सीप,कला संस्कृति र परम्परालाई बचाइ राख्न क्रियाशील हुन सबैसंग आग्रह गरे। कार्यक्रममा ११ जिल्लाका ७२ जना विधार्थीहरु सहभागीता रहेको थियो ।

प्राज्ञिक,विधार्थी परिषद् नेपालका केन्द्रीय अध्यक्ष डा.गोपीनाथ कँडेल,प्राज्ञिक विधार्थी परिषद्का सहसंगठन सचिव रमेश कडेल, प्राज्ञिक विधार्थी परिषद्का उपाध्यक्ष पुष्पराज खतिवडा लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य व्याक्त गरेका थिए।












