१६ माघ २०८१, भैरहवा ।

भैरहवा भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने बताइएको छ । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटका लागि तयारी भइरहेको छ ।गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने र उनिहरु बिच भेटवार्ता हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय