१५ माघ २०८१ , काठमाडौं ।
अन्जन न्यौपाने ।

फेसबुक, युटुब, इन्स्टाग्राम , एक्स लगायतका सामाजिक सञ्जालमा कसैको ट्रोल बनाउनेलाइ पाँच लाखसम्म जरिवाना हुने भएको छ । सरकारले ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी संघीय संसद्मा बिधेयक दर्ता गराएको छ ।
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था समावेश छ।
कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ विधेयकमा लेखिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ त्यस्तै मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचनाको तोडमरोड गरी प्रसार गर्न नहुने, निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुनेलगायत व्यवस्था पनि विधेयकमा गरिएको छ । यसरी कार्वाही गर्नु अघि सफाइको मौका भने दिइने पनि बिधेयकमा उल्लेख छ।











