१२ माघ २०८१ , काठमाडौ।
पेम्बा शेर्पा

पिके गेलेक दर्ग्यलिङ छोक्पा गोलीको १३ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ । ओर्गेन साङाग छ्योलिङ गुम्बाका प्रमुख लामा ङवाङ लेटु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिखुपिके गाउँपालिका का उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, शेर्पा सेवा केन्द्र का अध्यक्ष गेल्जे लामा शेर्पा लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो । शेर्पा सेवा केन्द्र को हलमा सम्पन्न कार्यक्रममा संस्थाको तर्फबाट सचिब आङ छिरिङ लामा शेर्पा ले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष छिरिङ शेर्पा ले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गगेका छन् ।

छोक्पाले उक्त कार्यक्रमकै अवसरमा २१ जना आजिवन सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको छ । छोक्पा ले उर्गेन साङाग छ्योलिङ गुम्बाको सहयोगार्थ स्थापना गरेको कोङेर (पुजारी) अक्षयकोष लाई रु. २५ लाख पुर्याउने लक्ष्य राखेको छ । हाल सम्म उक्त कोषमा करिब १२ लाख रुपैयाँ जम्मा भएको छोक्पाले जानकारी दिएको छ ।

कार्यक्रम बाट छोक्पा ले आगमी ३ बर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित नयाँ कार्यसमिति को नामवली यसप्रकार रहेको छ ।

- अध्यक्ष: छिरिङ शेर्पा (गोल्ला)
- निवर्तमान अध्यक्ष: फुर्वा गेल्जेन् शेर्पा (गेप्चुका)
- वरिष्ठ उपाध्यक्ष : दावा छिरी शेर्पा (सापे)
- उपाध्यक्ष : ङिमा शेर्पा (गेपचुका)
- उपाध्यक्ष : छाप्ते शेर्पा (नांखेली)
- सचिव : आङ ङवाङ शेर्पा (खस्रु डाँडा )
- कोषाध्यक्ष : आङ कामी शेर्पा (गोल्ला)
- सह-सचिबः लाक्पा शेर्पा (नागथान)
- सदस्य : लेक्की शेर्पा (गोल्ला)
- सदस्य : मिङ्मा शेर्पा (मेन्दज्युङ)
- सदस्य : लमु शेर्पा (गोल्ला)
- सदस्य : छिरिङ डोमा शेर्पा (काप्ती)
- सदस्य : जिमि साङ्गे शेर्पा (नागथान)
- सदस्य : फुर्वा शेर्पा लामा (गोल्ला)
- सदस्य : पसाङ तेम्बा शेर्पा (नागथान)
- सदस्य : दावा शेर्पा (गेप्चुका)
- सदस्य : काजी शेर्पा (गेप्चुका) रहेको छ ।











