१२ माघ २०८१ , ताप्लेजुङ।

ताप्लेजङमा पाथीभरा केबलकार बनाउने विवादले फेरि उग्र रूप लिएको छ। पाथीभरामा केबलकार निर्माण सुरु भएको तीन दिनपछि प्रहरी र केवलकार खारेजी समूहविच झडप हुँदा जनपथ र सशस्त्र प्रहरीका तीनजना घाइते भएपछी विवाद बढेको छ ।

फुङलिङ नगरपालिका ११ को पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपमा सशस्त्र प्रहरीले ५ सेल अश्रुग्यास र तथा २ ग्रिनेट ग्यास प्रहार गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। घाइते हुनेमा जनपथ प्रहरी जवान अनुज विक, प्रहरी सहायक निरिक्षक रामदेव यादव र सशस्त्र प्रहरी जवान संजीव बस्नेत रहेकाे प्रहरी प्रमुख पहरी नायब उपरीक्षक रवि रावलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय