१२ माघ २०८१, काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । माघ १३ गते आइतबार दिउँसो २ बजे बस्नेगरि संसदीय दलको बैठक बोलाइएको हो ।

संसद्को अधिवेशन माघ १८ गतेबाट सुरु हुँदैछ । संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । सभापति देउवाले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशको पक्षमा दृढताका साथ उभिन सांसदहरुलाई निर्देशन दिने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय