१० माघ २०८१ , काठमाडौं।

मातृभूमि जागरण नेपाल अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापामा भ्यूटावर बनाएर बजेट दुरुपयोग गरेको आरोप लगाएका छन् । वरिपरी सुकुम्बासी बस्ती रहेको र बीचमा लगेर ओलीले बेकामे भ्यू–टावर बनाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले अध्यादेशबाट कानुन संशोधन गरेर निरङ्कुशताको भद्दारुप प्रदर्शन गरेको पनि उनको आरोप छ । अध्यादेशबाट कानुन संशोधन गरेर २० प्रतिशतभन्दा बढी नाफा लिन नमिल्ने कानुनमा जति नाफा लिएपनि हुनेगरी संशोधन गरेको रावलले बताए । प्रधानमन्त्री ओलीले मार्क्सवाद चपाएर खाइसकेको दाबी गर्दै गरेका उनले‘मार्क्सवाद, लेलिनवाद त ओलीले चपाएर थुकिसकेको गम्भीर आरोप लगाए  ।

आफूमाथि राजावादीको आरोप लाग्ने भएपछि प्रधानमन्त्री ओलीले उल्टै ‘भीम रावल राजावादी भयो’ भनेर प्रचार गरेको पनि रावलले दाबी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गत निर्वाचनमा साँठगाँठ गरेको नबिर्सन उनले ओली लाई चेतावनी दिए । एमालेलाई ‘बामाले’ को संज्ञा दिँदै रावलले अब बामालेहरुले सुदूरपश्चिमबाट जित्ने सपना नदेखे  हुने बताए । एमालेको चुनाव चिन्हमा अहिले ग्रहण लागेर कालो भइसकेको टिप्पणी गरेका उनले ओलीको मिसन ०८४ अब पतन ०८४ मा परिवर्तन हुने उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय