९ माघ २०८१, सोलुखुम्बु।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को वैशाख मा सम्झौता गरी जेठ १६ बाट निर्माण सुरु गरिएको भवनको निर्माण कार्य हालै सम्पन्न भएको हो ।

निर्माण कम्पनी आरोन ओम बालाजी इ आर रामेछापले निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई  बुधबार चाबी हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्याय बिना राईले चाबी लिँदै निर्माण कम्पनीलाई समयभित्रै भवनको निर्माण कार्य सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष राईले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर भवनको औपचारिक रूपमा उद्घाटन गरिने जानकारी दिए ।

नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिकाले बताएको छ ।  २०८१ वैशाख १० गते गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राईले भवनको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।  पालिकाले फागुन महिना देखि नया भवन बाट सेवा दिने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय