८ माघ २०८१, चितवन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेबीच सुमधुर सम्बन्ध रहेको देखिन्छ । सरकारमा सहकार्य गर्दा होस वा रविमाथि सहकारी ठगीविरुद्ध विभिन्न जिल्लामा मुद्दा प्रक्रिया चल्दा लामिछानेलाई प्रचण्डले ढाडस दिँदै आएका छन् । प्रचण्डले सार्वजनिक रुपमै रविमाथि सरकारले प्रतिशोध साँधेको दाबी गर्ने गरेका छन् । तर, चितवनमा भने रोचक घट्ना भएको छ । रविको प्रभाव क्षेत्र मानिएको चितवनमा रविकै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रचण्डले आफ्नो पार्टीमा स्वागत गरेका छन् ।


दाहालले मंगलबार रास्वपाका बागमती प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्तीलाई पार्टीमा भित्र्याउँदा एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल , सुशील पण्डित क्षेत्री र चुनबहादुरपनि माओवादीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका अरुणकुमार चौधरीपनि माओवादी प्रवेश गर्ने सूचिमा छन् भने राप्रपाका चित्रबहादुर सोतीपनि माओवादीमा प्रवेश गरेका छन् ।











