३ माघ २०८१, काठमाडौ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरुलाई मन्त्रालयगत प्रगति विवरण जानकारी गराएका छन् । आज (बिहीबार) सभापति देउवा निवास बुढानीलकण्ठमा आयोजित कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा मन्त्रीहरुले काम गर्ने क्रममा आइपरेका समस्या र चुनौतिहरु सहित प्रगति विवरण सुनाएका हुन् ।


कांग्रेसबाट सरकारमा १० जना मन्त्री र २ राज्यमन्त्री सहभागी छन् । उनीहरुले मन्त्रालयगत ब्रिफिङ सुनाएका थिए । सो क्रममा मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा अोलीबाट काम गर्ने क्रममा प्रत्यक्ष हस्तक्षेप नरहेपनि कार्यसम्पादनको क्रममा कहीँ न कहीँ समस्या रहेको बताए । प्रतिनिधि सभाको सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको ६ महिना वितिसकेको छ । मन्त्रीहरुले यो अवधिमा सोचेअनुरुप काम गर्न नसकिएको पनि स्वीकार गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको सोचे अनुसारको छिटो र सहज तरिकाले काम हुन नसकेको र कहीँ न कहीँ अप्ठ्यारो रहेको महशुस कांग्रसबाट सरकारमा सहभागी मन्त्रीहरुले गरिरहेको बताए । शीर्ष नेताहरुले समस्याको समाधानको पनि खोजी गरिरहेको उनको भनाइ छ ।सोचेअनुुसारको काममा जति छिटो हुनुपर्ने, अगाडि बढ्नुपर्ने, त्यो कुराहरु कुनै न कुनै, कहीँ न कहीँबाट अप्ठ्यारो भएको महशुस हाम्रा साथीहरुले गरेका छन् तर, नेताहरु मिलेर समस्या समाधान गर्ने उपायहरु खोजी गर्न प्रयास हुनुपर्ने कुरामा मन्त्रीहरुले जोड दिए ।











