२ माघ २०८१, झापा
नेकपा माओवादी केन्द्र झापा हल्दिबारीकी संयोजक टिकादेवी राउत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) मा प्रवेश गरेकी छन्। एक कार्यक्रमका बिच राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनको हातबाट पार्टीको सदस्यता लिएर उनी राप्रपा प्रवेश गरेकी हुन।


२०७९ को स्थानिय निर्वाचनमा माओवादी केन्द्रबाट उनी हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार समेत बनेकी थिइन। यसैगरी लामो समय एमालेमा रहेका वडा नं २ का गाउँकमिटी सचिव भिम मगर अनेमसंघ क्रान्तिकारी कि वडा संयोजक रूपा गौतम पनि आजै राप्रपा प्रवेश गरेका छन्।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गर्नेहरूको संख्या झापामा बढिरहेको झापा जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिए ।











