१ माघ २०८१, काठमाडौ।
नेपालमा राजसंस्था र हिन्दूत्वको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष तथा पुर्वमन्त्री बिक्रम पाण्डेले हङकङ पुगेर ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन्। पार्टी सह–महामन्त्री बिजय खड्कासहित हङकङ पुगेका पाण्डेले प्रवासी नेपाली एकता समाजले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरेका छन् ।

‘पृथ्वीनारायण शाहको बारेमा विदेशमा रहेर तपाईंहरुले जसरी चिन्ता लिनु भएको छ त्यसरी नै राप्रपाले अघि सारेको सैद्धान्तिक विषयलाई पनि साथ दिनुहोस्’, पाण्डेले भने,‘विदेशीले नागरिकता पाउनुपर्छ भनेर नागरिकता विधेयक बनाइयो तर विदेशिएकाले नेपालमा लगानी गर्छु भन्दा गाह्रो रहेको बताए। देशलाई माया गर्ने नेपाली एक नहुँदा, रैथाने भाषा र जाती एक नहुँदासम्म अनि सनातनी हिन्दूको छातामा आएन भने मुलुक बाँच्न सक्तैन भन्दै पाण्डेले भने,‘हाम्रो एकता पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशअनुसार चल्न नसक्दा देशमा संकट चुलिएको दाबी गरे । उनले अब देश पृथ्बी पथमा हिँडनुको विकल्प नरहेको स्पष्ट पारे ।
गोरखाबाट आएका राजाले देशको नाम नै गोरखा बनाउन सक्ने अवस्था हुँदाहुँदै सबैलाई समेटेर नेपाल बनाएको, कुमारी लाई ढोगेर अरूको संस्कृतिको सम्मान गरेको , घुस लिने र दिने दुवै देशका शत्रु हुन भनेर भनेको, नेपाला दुई ढुङ्गा बीचको तरुल हो भनेर भुराजनितिक कुरा गरेर देशको हितमा लाग्न दिव्यउपदेश मार्फत दिशानिर्देश गरेको बताउँदै सबैले पृथ्वी नारायण शाहको उपदेशको पालना गर्नुपर्ने भन्दै पाण्डेले हाम्रो ‘मूल्यवान संस्कृति जोगाउनका लागि एक हुन् सबैसँग आग्रह गरे। उनको उपस्थितिमा समाजका अध्यक्ष तुलसी उप्रेतीले कृति चिल्ड्रेन सेन्टरलाई नेपाली डेढ लाख बराबरको नगद सहयोग गरेका थिए। अटिज्मसम्बन्धी बालबालिकाको उपचारका लागि उनले यस्तो सहयोग गरेका हुन्।
उपाध्यक्ष पाण्डे अझै केही दिन विभिन्न कार्यक्रममा सहभागी भएर स्वदेश फर्किने कार्यक्रम रहेको समाजका अध्यक्ष उप्रेतीले जानकारी दिए ।











