पौष २५, पोखरा।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । आज (बिहीबार) कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई आफ्ना कुरा राख्ने समय दिएका थिए । सो क्रममा लामिछानेले आफूलाई तारेखमा छाडिदिन भनेका हुन् । उनले आफू र आफू नेतृत्वको रास्वपाले यसअघि पनि सहकारी पीडितको पक्षमा काम गरिरहेको जिकिर गर्दै यसपछि पनि उनीहरुको पक्षमा उभिने बताए । कास्की जिल्ला अदालतले साधारण तारेखमा नभई ६५ लाख धरौटीमा आज उनलाई छाडेको छ ।

कास्की जिल्ला अदालतले छाडेपनि लामिछाने पुन पक्राउ पर्नेछन् । उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौंमा सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएका छन् ।











